दफा ३४७
गुठी सम्पत्ति गणना नहुने

गुठी सञ्चालकले गुठी सम्पत्ति सञ्चालन र व्यवस्थापन गरेकोमा त्यस्तो सम्पत्ति कर निर्धारण गर्ने वा अन्य कुनैप्रयोजनको लागि गुठी सञ्चालकको सम्पत्तिको रूपमा गणना हुने छैन । तर त्यस्तो सम्पत्तिबाट कुनै लाभ, सुविधा वा हितप्राप्त गर्ने व्यक्तिको हकमा त्यस्तो लाभ, सुविधा वा हितलाई गणना गरिनेछ ।